शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरणअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाशाली व्यक्तित्व काव्यकार, अन्वेषक तथा लेखक डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लासँग सम्बन्धित कविताहरूको वाचन हुने र प्रबुद्ध वैचारिक चिन्तन पनि हुने उक्त कार्यक्रममा उपस्थित हुनका लागि इच्छुक समस्त महानुभावहरूलाई अनुरोध छ ।
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, अक्षरधाम, नीलकण्ठेश्वर, २८ किलो, बनेपा — ६, काभ्रे
मिति : २०७५ साउन ४ गते शुक्रबार
समय : दिउँसो ठीक ३ बजे

 

शब्दयात्रा प्रकाशन