शब्दयात्रा प्रकाशनको आयोजनामा आगामी साउन महिनाको पहिलो सातादेखि नियमित रूपमा सञ्चालन हुने साप्ताहिक प्रवचन कार्यक्रमअन्तर्गत पहिलोपटक साउन ४ गते बुधबार कवि डा. गोपाल पौड्याल ‘मन्डने’ को एकल कविता वाचन हुने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा उक्त दिन दिउँसो ३ बजे कार्यक्रम प्रारम्भ हुनेछ ।
उक्त कार्यक्रममा उपस्थित हुनका लागि शब्दयात्रा प्रकाशनले सबै साहित्यकार तथा पत्रकार बन्धुहरूमा आग्रह गरेको छ ।