शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ अन्वेषक तथा लेखक शीतल गिरी (गौर) मा समर्पण गर्ने भएको छ । लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार अन्वेषक तथा लेखक शीतल गिरीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।