शब्दयात्रा प्रकाशन पुस्तकालयमा ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ अन्तर्गत अनुसन्धान गर्ने अनुसन्धाताका लागि छुट्टै दराजको व्यवस्था गर्न सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले बीस हजार रुपियाँ प्रदान गर्नुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन तथा अनुसन्धान गर्न चाहने व्यक्तिलाई आवश्यक सामग्री खोज्न सजिलो होस् भन्ने उद्देश्यले छुट्टै दराजको व्यवस्था गर्न लागिएको हो । रकम प्रदान गर्ने क्रममा सुभाष स्मृति प्रतिष्ठानबाट हालसम्म प्रकाशन गरिएका विभिन्न पुस्तकहरूका साथै वार्षिक मुखपत्रहरू पनि चन्द्रबहादुर खड्काले प्रदान गर्नुभएको छ र ती सामग्रीहरू कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ ।