शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा ‘शिखरयात्रा’ नामक पुस्तक प्रकाशन हुन लागेको छ । उक्त पुस्तकमा केडिया ग्रुपका संस्थापक उद्योगपति वृजलाल केडियाको जीवनी, व्यक्तित्व र औद्योगिक इतिहास समेटिएको छ ।

साहित्यकारहरू अनिरुद्र तिमल्सिना, पार्थमणि भट्टराई, मधुसूदनप्रसाद घिमिरे, रमेश गोर्खाली र हरि मञ्जुश्री, कानुन व्यवसायीहरू कृष्णप्रसाद घिमिरे र कृष्णप्रसाद भण्डारी, पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराल, राजनीतिकर्मीहरू गजेन्द्रनारायण सिंह, चमारसिंह लामा, जयप्रकाश, डोरमणि पौडेल, पी. एल. सिंह, मातृकाप्रसाद कोइराला, योगप्रसाद उपाध्याय, रामचन्द्र पौडेल, रुक्म शमशेर, लोकेन्द्रबहादुर चन्द, शैलेन्द्रकुमार उपाध्याय र साहना प्रधान, पूर्वप्रशासकहरू गोवद्र्धनबहादुर कार्की, टेकबहादुर रायमाझी, तुलसीप्रसाद भट्टराई, दामोदर शमशेर, दीर्घराज कोइराला, धनमणि आचार्य दीक्षित, बाबुराम पौडेल र वीरबहादुर शाही, आध्यात्मिक व्यक्तित्वहरू जगन्नाथ शास्त्री, जनार्दन घिमिरे, डा. स्वामी प्रपन्नाचार्य, ब्रह्मकुमारी राज र मेघराज शर्मा, पत्रकारहरू नेपालभूषण न्यौपाने र माथवरसिंह बस्नेत, सङ्गीतकार भूपेन्द्र रायमाझी तथा समाजसेवीहरू वासुदेवशरण कोइराला र सगुन शाह आदिसहित १ सय ७६ जनाका लेख–संस्मरणहरू उक्त पुस्तकमा राखिएका छन् ।