Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा प्रकाशनको ७९ औँ प्रकाशनपुष्पका रूपमा ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका प्रकाशित भएको छ । ‘शब्दसंवाद’ कार्यक्रमको प्रथम दिवसको अवसर पारी प्रकाशित उक्त पुस्तिकालाई आज २०७३ माघ २५ गते मङ्गलबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिने भएको छ ।

तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित आध्यात्मिक लेखहरूको सङ्ग्रहका रूपमा रहेको यस पुस्तिकामा १० वटा शीर्षकका छोटा–छोटा लेखहरू सङ्ग्रह गरिएका छन् । पुस्तिकाको मूल्य २५ रुपियाँ राखिएको छ । यस पुस्तिकाको बिक्रीबाट प्राप्त भएको सम्पूर्ण रकम ‘शब्दसंवाद’ कार्यक्रमका लागि खर्च गरिने भएको छ ।