शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ५१ औँ शृङ्खलामा कर्मयोद्धा सुधा सिलवाल प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । अग्रज लोकगायक मच्छेश्वर सापकोटाको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रम गत २०७४ साल फागुन ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।
पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शारदाप्रसाद शर्मा, श्री शर्मा मूर्ख, पुण्यवती घले, छविलाल कुइँकेल, विष्णुहरि तिमल्सिना, अनु थापा, शकुन्तला बन्जारा, छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल आदिको समुपस्थिति रहेको थियो ।