Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivities‘शब्दसंवाद’ मा रोजनाथ लुइँटेल

‘शब्दसंवाद’ मा रोजनाथ लुइँटेल

शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पैँतीसौँ शृङ्खला गत २०७४ कार्तिक १७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । फणीन्द्रराज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख वक्ता काभ्रे जिल्लाका ग्रामकवि रोजनाथ लुइँटेल हुनुहुन्थ्यो । उहाँले कवितात्मक रूपमै आफ्नो परिचय दिँदै आफ्ना कविताहरू वाचन गर्नुभएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, समाजसेवी छविलाल कुइँकेल, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।