शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने पाँच विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न पाँच सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ । यो एक्काइसौँ चयन समिति हो ।
यस समितिको संयोजकमा रामगोपाल वरुण तथा सदस्यहरूमा कृष्णहरि मैनाली, श्याम अधिकारी, केशव अर्याल र नवीना श्रेष्ठ रहनुभएको छ ।
यस समितिले बालसाहित्य, समालोचना, अनुसन्धान, महिला प्रतिभा र कविता–काव्य विधामा समर्पण गरिने सम्मानका लागि आगामी कार्तिक २५ गतेभित्र प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त व्यक्तिको नाउँ चयन गर्नेछ । यही समितिले निर्णय गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।