Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘शब्दसंवाद’ मा रामप्रसाद तिमल्सिना

‘शब्दसंवाद’ मा रामप्रसाद तिमल्सिना

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८३ औँ शृङ्खला गत २०७६ वैशाख ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा शिक्षासेवी रामप्रसाद तिमल्सिना प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो भने कार्यक्रमको प्रमुख आतिथ्य पूर्वप्रशासक डा. इन्दुल केसीले र सभापतित्व अग्रज लोकगायक मच्छेश्वर सापकोटाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखकहरू ओतबहादुर खड्का, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके, पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, व्यवसायी दीपेन्द्र बज्राचार्य, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।