शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को … औँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट शिक्षासेवी तथा समाजसेवी निर्मला श्रेष्ठले आफ्नी भदै लघु–उपन्यासकार समिता श्रेष्ठ ‘पूरा’ का विषयमा जानकारी दिँदै उहाँको शारीरिक अपाङ्गता र साहित्यिक सिर्जनाका विषयमा उल्लेख गर्नुभयो । रामकृष्ण स्मृति प्रतिष्ठानको सहयोगमा शब्दयात्रा प्रकाशनबाट हालै मात्र समिता श्रेष्ठ ‘पूरा’ को लघु–उपन्यास ‘नयाँ सोच’ प्रकाशित भई सार्वजनिक गरिएको प्रसङ्गबाट प्रवचनको प्रारम्भ गरिएको थियो । काभ्रे बनेपाको नीलकण्ठेश्वरधाममा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ पुस २८ गते शुक्रबार सम्पन्न उक्त प्रवचन कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा भएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ का सञ्चालक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी तथा सदस्य पूर्णबहादुर कार्की, नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखक समाजका सदस्य केदारनाथ तिमल्सिना, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नेपालभूमि प्रकाशन समितिका संयोजक सुदर्शन आचार्य र सदस्य शिव बन्जारा, नैमिषारण्य संस्कृत गुरुकुलम्का प्राचार्य दिव्यमणि अधिकारी, दीपक तिमल्सिना, अनु थापामगर, देवीप्रसाद ढुङ्गाना, छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल, ईश्वरी कुइँकेल, भगवती कुइँकेल, विष्णुकुमारी थापा, कमला खत्री, सहदेव श्रेष्ठ, विष्णुमाया खत्री, चन्द्रमाया खत्री, धनकुमारी कुइँकेल, नानु पराजुली, पुरुषोत्तम हुमागाईं, मौसम पराजुली, निश्चल अधिकारी, सुजन बडाल, अनीश नेपाल, प्रसन्न ढुङ्गाना, प्रतीक पौडेल आदिको उपस्थिति रहेको थियो ।