शब्दयात्रा प्रकाशनको ९६ औँ प्रकाशनपुष्पका रूपमा हरीश अधिकारीद्वारा सम्पादित तथा अनूदित कविताहरूको सङ्ग्रह ‘सङ्गम’ प्रकाशन हुने भएको छ ।
सङ्ग्रहमा वासु शशी, तुलसी दिवस, शैलेन्द्र साकार आदिसहित ६४ जना नेपाली कविका एक–एकवटा कविता र तिनको अङ्ग्रेजी अनुवाद रहेका छन् ।