Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesशब्दयात्रामा साहित्यिक टोलीको भ्रमण

शब्दयात्रामा साहित्यिक टोलीको भ्रमण

काठमाडौँबाट वासु शशी स्मृति प्रतिष्ठानसँग आबद्ध साहित्यकारहरूको एक टोलीले गत पुस २७ गते बिहीबार काभ्रेमा आई शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण ग¥यो । प्रतिष्ठानका अध्यक्ष र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको नेतृत्वमा आएको टोलीमा अन्य तीनजना साहित्यकारहरू हुनुहुन्थ्यो । कवि तथा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्ण जोशी, सम्पादक तथा प्रतिष्ठानका सचिव प्रद्युम्न जोशी र कवि तथा प्रतिष्ठानका सदस्य राधेश्याम लेकाली उक्त टोलीमा सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानको टोलीलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा र ‘शब्दसंवाद’ का सञ्चालक पदमनाथ ढुङ्गानाले कार्यालयमा स्वागत गर्नुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनबाट प्रकाशित केही पुस्तकहरू उपहार प्रदान गरिएको थियो । उहाँहरूले शब्दयात्रा प्रकाशनको मुख्य कार्यालय, सभाकक्ष, सालिकहरू, बहुआयामिक अनुसन्धान प्रतिष्ठानको निर्माणस्थल, बनेपा सम्पर्क कार्यालय आदिको अवलोकन गर्नुभएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशन, वासु शशी स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायतका केही संस्थाहरूको सहकार्यमा विशेष साहित्यिक क्रियाकलापहरू गर्ने विषयमा छलफल भएको थियो ।