शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अठतीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा समाजसेवी छविलाल कुइँकेल प्रस्तुत हुनुभयो । शिक्षासेवी फणीन्द्रराज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, विष्णुहरि तिमल्सिना, श्री शर्मा मूर्ख, ओतबहादुर खड्का आदिको सहभागिता रहेको थियो ।