शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा यसपटक शिक्षासेवी तथा साहित्यसेवी पदम दाहालले आफ्नो शैक्षिक तथा साहित्यिक यात्राका विषयमा जानकारी गराउनुभयो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य आजीवन सदस्य लोकेन्द्र ढकालले र सभापतित्व आजीवन सदस्य पुण्यवती घलेले गर्नुभएको थियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको यस शृङ्खलामा कर्मयोद्धा पदम दाहालले आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेपछि सहभागीहरूले पदम दाहालसँग विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो भने पदम दाहालले पनि ती जिज्ञासाहरूको समाधान गरिदिनुभएको थियो । विद्युतीय माध्यमबाट भएको उक्त कार्यक्रममा बिरजा घिमिरे, जीवनाथ अधिकारी, हरिप्रसाद चौलागाई, शिव बन्जारा, डा. इन्दुल केसी आदिको उपस्थिति रहेको थियो । विभिन्न विधाका कर्मयोद्धाहरूबाट आफ्ना ज्ञान र अनुभवहरू अरूलाई हस्तान्तरण गराउन शब्दयात्रा प्रकाशनले हरेक शुक्रबार बेलुका साँझ ७ बजेदेखि यस कार्यक्रमको सञ्चालन गर्ने गरेको छ । यसअघि विभिन्न व्यक्तिहरूले यस कार्यक्रममा आफ्ना ज्ञान र अनुभवहरूको आदानप्रदान गरिसक्नुभएको छ ।