Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

पाँचजनालाई शब्दयात्रा विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालका पाँच विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८३ कार्तिक २४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पाँचजना अनुसन्धातालाई...
HomeActivities‘शब्दसंवाद’ फेरि सुरु हुँदै

‘शब्दसंवाद’ फेरि सुरु हुँदै

शब्दयात्रा प्रकाशनले सञ्चालन गर्दै आएको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ केही भिन्न स्वरूपमा फेरि सञ्चालन हुने भएको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित कर्मयोद्धाहरूको जीवनी प्रकाशन गर्ने प्रयोजनका लागि डेढ महिनाअघि उक्त कार्यक्रम स्थगित गरिएको थियो । प्रमुख वक्ता रहेका कर्मयोद्धाहरूको जीवनी पुस्तकका रूपमा प्रकाशन भइसकेको हुनाले उक्त कार्यक्रमलाई फेरि सञ्चालन गर्न लागिएको हो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम तेस्रो वर्षमा प्रवेश गर्दैछ । तेस्रो वर्षको पहिलो कार्यक्रम यही असार २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ ।