काभ्रेली साहित्यकार सोमकाजी शाक्यले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि साहित्यिक विधाका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले ‘नारी’ र ‘परिवार’ पत्रिकाहरू उपहार प्रदान गर्नुभएको थियो । यसै गरी काठमाडौँको बानेश्वरबाट ऋषभ थापाले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहारस्वरूप पठाउनुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।