शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ नामक महाकाव्यको प्रकाशन हुन लागेको छ । महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित यो महाकाव्य भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमलाई विषयवस्तु बनाई लेखिएको छ । यसअघि भरत जङ्गमको जीवनवृत्तमा आधारित ‘भरतेन्दु’ महाकाव्य कविप्रसाद प्याकुरेलको लेखनमा प्रकाशित भइसकेको छ । ‘भरतांशु’ महाकाव्यका लेखक नीलकण्ठ भट्टराईलाई शब्दयात्रा प्रकाशनले २०७० सालमा कविताकाव्य सम्मानबाट सम्मानित गरेको थियो ।