शब्दयात्रा प्रकाशनले धुलिखेलमा अवस्थित हेल्प नेपाल नेटवर्कमा आश्रय लिइरहेका अनाथ बालबालिकाको शैक्षिक विकासका लागि केही आर्थिक सहयोग गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकमबाट आर्थिक सहयोग गरिएको हो । हेल्प नेपाल नेटवर्कका लागि आर्थिक सहयोग जुटाउन साइकलयात्री दीपेन्द्र बस्नेतलाई धुलिखेलबाट बिदाइ गर्न आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले अनाथ बालबालिकाको शैक्षिक विकासका लागि हेल्प नेपाल नेटवर्क धुलिखेलकी सञ्चालिका पुण्यवती घलेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।