Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट पहिलो नियात्रा–उपन्यास प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनबाट पहिलो नियात्रा–उपन्यास प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले नेपाली साहित्यमा पहिलोपटक नियात्रा–उपन्यास विधाको कृति प्रकाशन गर्ने भएको छ । नियात्राकार पोष चापागाईंको उक्त नियात्रा–उपन्यासको नाम ‘सौन्दर्य’ राखिएको छ । नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ ले यस पुस्तकमा भूमिका लेखेका छन् ।
‘सौन्दर्य’ नेपाली साहित्यमा नियात्रा–उपन्यास विधाको पहिलो कृति हो । ‘हाइकु कथा’ लेखेर हाइकु साहित्यमा कथालाई प्रवेश गराई नवीन विधाको आरम्भ गरेका पोष चापागाईंले नियात्रा–उपन्यास भन्ने नवीन विधाको समेत आरम्भ गरेका छन् ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा २०७६ साल वैशाख १७ गतेदेखि छाप्न सुरु गरी २०७६ साल पुस ८ गते छापिसकिएको सामग्रीलाई सम्पादन गरी ‘सौन्दर्य’ नामक नियात्रा–उपन्यास प्रकाशन गर्न लागिएको हो । यो कृति १ सय ४० पृष्ठको छ । यो कृतिसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पु्स्तकहरूको सङ्ख्या १ सय ४७ पुगेको छ । शब्दयात्रा प्रकाशनले नवीन प्रयोगका लागि राष्ट्रिय ख्याति आर्जन गरिसकेको छ ।