Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राले सिफारिस माग्यो

शब्दयात्राले सिफारिस माग्यो

शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गरिने शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि गरी चार विधाका सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ र योगदानको विवरण आगामी माघ १५ गतेभित्र शब्दयात्रा प्रकाशनमा प्राप्त हुने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ । त्यसरी सिफारिस प्राप्त भएका व्यक्ति अथवा संस्थाहरूमध्येबाट नै चयन समितिले सम्मान गर्नुपर्ने व्यक्ति अथवा संस्थाको नाउँ चयन गर्ने गर्दछ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि विधामा सम्मान समर्पण गर्ने गरेको छ । गत वर्षको फागुन महिनामा शिक्षा सम्मानबाट तनहूँको महेश संस्कृत गुरुकुल, आमसञ्चार सम्मानबाट विराटनगरका कोशराज रेग्मी, सामाजिक जागरण सम्मानबाट तनहूँका भीमबहादुर अधिकारी र विज्ञान–प्रविधि सम्मानबाट अर्घाखाँचीका प्रा. डा. होमनाथ भट्टराई सम्मानित भएका थिए ।