Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesशब्दयात्राले ‘जागनीबोध’ प्रकाशन गर्ने

शब्दयात्राले ‘जागनीबोध’ प्रकाशन गर्ने

शब्दयात्रा प्रकाशनले आफ्नो छयहत्तरौँ प्रकाशनपुष्पका रूपमा ‘जागनीबोध’ नामक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भएको छ । हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को सम्पादनमा प्रकाशन हुन लागेको उक्त पुस्तकमा नेपाली, हिन्दी र अङ्ग्रेजी गरी तीन भाषामा लिखित आध्यात्मिक लेखहरू समेटिएका छन् ।
‘जागनीबोध’ मा गङ्गाप्रसाद उप्रेती, डा. गोविन्द टन्डन, डा. छविलाल गजुरेल, टहलदास शिवाकोटी ‘यात्री’, डा. तुलसी भट्टराई, डा. प्रेमकुमार खत्री, बैरागी काइँला, मुकुन्दप्रसाद उपाध्याय, मुकुन्दशरण उपाध्याय, प्रा. राजेन्द्र सुवेदी, विष्णु प्रभात, डा. विष्णुविभु घिमिरे, डा. सुरेशराज शर्मा, डा. हरिभक्त न्यौपाने, हरि मञ्जुश्री आदिसहित विभिन्न लेखकका त्रिचालीसवटा लेख–रचना सङ्कलित छन् । पुस्तक दुई सय छपन्न पृष्ठमा विस्तारित छ ।