शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गर्नुपर्ने व्यक्तित्वहरूको नाम आगामी २०७४ साल माघ २० गतेभित्र सिफारिस गरी पठाउन सबैमा अनुरोध गरेको छ ।
आगामी फागुन महिनामा आमसञ्चार, विज्ञान–प्रविधि, सामाजिक जागरण र शिक्षा विधाका सम्मानहरू समर्पण गरिनेछन् । हरेक सम्मानमा रु. ५ हजार, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिनेछन् ।