शब्दयात्रा प्रकाशनले ‘सत्यनारायण व्रतकथा’ नामक नेपाली भाषामा अनूदित काव्य प्रकाशन गरेको छ । काव्यमा ‘हरितालिका व्रतकथा’ को काव्यात्मक अनुवाद पनि समावेश गरिएको छ ।
काभ्रे जिल्लाका महाकाव्यकार कविप्रसाद प्याकु¥यालले संस्कृत भाषाबाट नेपाली भाषामा काव्यात्मक अनुवाद गर्नुभएको उक्त पुस्तक काव्यकारकै अर्को नाम श्रीधर उपाध्याय भन्ने नामबाट प्रकाशन गरिएको छ ।
जम्मा ४० पृष्ठको उक्त पुस्तकको मूल्य ७० रुपियाँ राखिएको छ । आगामी जेठ महिनामा शब्दयात्रा प्रकाशनबाट आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा उक्त पुस्तकलाई सार्वजनिक गरिनेछ ।
श्रीधर प्याकु¥यालले यसअघि हेलम्बू (लघुकाव्य), भरतेन्दु (महाकाव्य), बेलप्रसाद (नव्यकाव्य), तिमीलाई नमोनमः (कवितासङ्ग्रह), अपरोक्ष अनुभूति (भावानुवाद), वन्दे नेपाल मातरम् (महाकाव्य) र मधुत्रयी (यात्राकाव्य) गरी सातवटा काव्यकृति लेखी प्रकाशन गराइसक्नुभएको छ । ‘सत्यनारायण व्रतकथा’ उहाँको आठौँ कृति हो । उहाँले लेखेका तर प्रकाशन हुन बाँकी रहेका कृतिहरू पनि प्रशस्तै छन् ।
‘सत्यनारायण व्रतकथा’ समेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या ६४ पुगेको छ ।