अग्रज लोकगायक तथा शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएको सालिकको सहयोगार्थ ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
नेपालमै पहिलोपल्ट पाँचजना वाङ्मयसेवीको सालिक बनाइसकेको हुँदा शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा एकै ठाउँमा ती सालिकहरू स्थापना गर्न लागेको हो ।