Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
HomeActivitiesशब्दयात्राबाट ‘भजन सृष्टि : विविध दृष्टि’ छापिँदै

शब्दयात्राबाट ‘भजन सृष्टि : विविध दृष्टि’ छापिँदै

शब्दयात्रा प्रकाशनले १ सय ३९ औँ प्रकाशनपुष्पका रूपमा ‘भजन सृष्टि ः विविध दृष्टि’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । नेपाली, नेवारी, हिन्दी र अङ्ग्रेजी गरी चार भाषामा लेखिएका लेखहरूको सङ्ग्रहका रूपमा रहेको उक्त पुस्तकको सम्पादन डा. इन्दुल केसीले गर्नुभएको हो ।
उक्त पुस्तकमा गीता मञ्जुश्री, चूडाप्रसाद चौलागाई, जीवनाथ अधिकारी, डिल्लीराम गौतम, दामोदर घिमिरे, निर्मला श्रेष्ठ, पदम दाहाल, पशुपतिमान पःमाँ, प्रकाशप्रसाद उपाध्याय, पुण्यवती घले, मच्छेश्वर सापकोटा, महेशचन्द्र शर्मा, रमेश अधिकारी, लक्ष्मीदेवी होमेगाई, शारदाप्रसाद शर्मा, शिव बन्जारा आदिका लेखहरू रहेका छन् ।