Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesशब्दयात्राको रेडियो कार्यक्रम प्राइम एफएमबाट

शब्दयात्राको रेडियो कार्यक्रम प्राइम एफएमबाट

शब्दयात्रा प्रकाशनले आफ्नो साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ यही २०७७ साल वैशाख १ गते सोमबारदेखि प्राइम एफएम १०४.५ मेगाहर्जबाट प्रसारण गराउने भएको छ । ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम हरेक सोमबार बेलुका ८ः१५ बजेदेखि ८ः४५ बजेसम्म गरी आधा घन्टासम्म शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य शिव बन्जाराको आवाजमा सुन्न सकिनेछ ।
साहित्यिक संस्थाबाट निर्मित रेडियो कार्यक्रम भएकाले यस कार्यक्रममा साहित्यिक गतिविधि, साहित्यिक अन्तर्वार्ता, पुस्तक परिचय, वैचारिक संवाद, कविता, निबन्ध, विविध जानकारी, विभिन्न सूचना आदिजस्ता विशुद्ध बौद्धिक सामग्रीहरू प्रस्तुत गरिनेछन् ।