शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित लेखसङ्ग्रह ‘पञ्चमाता’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०७ औँ प्रकाशनपुष्प हुनेछ ।
शब्दयात्रा प्रकाशनले यसअघि केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘भावनाका भुल्का’ नामक कृति प्रकाशित गरिसकेको छ ।