Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘गणेशदास’

शब्दयात्राबाट ‘गणेशदास’

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका राजनीतिकर्मी तथा समाजसेवी गणेशदास उलकको जीवनी, व्यक्तित्व र योगदान झल्काउने पुस्तक ‘गणेशदास’ प्रकाशन गर्न लागेको छ । शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का सञ्चालक शिव बन्जाराको सम्पादनमा तयार पारिएको उक्त पुस्तकमा गणेशदास उलकका माध्यमबाट काभ्रे जिल्लाको राजनीतिक–सामाजिक आन्दोलनको इतिहासलाई अभिलेखबद्ध गराइएको छ ।
‘गणेशदास’ मा गणेशदास उलकमाथि मोहन दुवाल, पङ्कज चित्रकार आदिले गरेका टिप्पणीहरू पनि समावेश गरिएका छन् । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको ६६ औँ प्रकाशनपुष्पका रूपमा आगामी साउन महिनाको पहिलो साता बजारमा आउने भएको छ ।