शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा आयोजना गर्ने तेस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह यस वर्ष आगामी माघ १५ गते मङ्गलबार आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम बनेपाको होटल सत्यम्मा हुने भएको छ । उक्त कार्यक्रममा ६ विधामा सम्मान समर्पण गरी ४ वटा साहित्यिक कृतिलाई सार्वजनिक गरिने भएको छ ।
सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको प्रमुख आतिथ्य पूर्व प्रधान न्यायाधीश श्रीमती सुशीला कार्कीले गर्नुहुने भएको छ ।