Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesविद्वतवृत्तिका लागि अक्षयकोष थप

विद्वतवृत्तिका लागि अक्षयकोष थप

शब्दयात्रा प्रकाशनले अर्को विद्वतवृत्ति पनि प्रदान गर्ने भएको छ । त्यसका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई विद्वतवृत्तिको अक्षयकोषका लागि प्रथम चरणमा एक लाख रुपियाँ प्रदान गरेको छ । विद्वतवृत्तिको अक्षयकोष रकममा क्रमशः बृद्धि गर्दै लगिने र अक्षयकोषको ब्याजबाट शब्दयात्रा प्रकाशनले हरेक वर्ष एकजनालाई विद्वतवृत्ति प्रदान गर्ने सहमति भएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन, अनुुसन्धान गर्ने व्यक्तिलाई उक्त विद्वतवृत्ति प्रदान गर्ने गरी भएको सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शब्दयात्रा प्रकाशनलाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।