शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ सिन्धुलीको गोलन्जोरमा जन्मिई हाल काभ्रेपलान्चोक जिल्लाको नालामा बसोवास गरेर चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विकलाङ्ग छात्र सुजन कामीलाई प्रदान गर्ने भएको छ । शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनले उक्त छात्रवृत्तिको व्यवस्था गरेको हो । त्यसका लागि भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ८ दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको नाउँमा शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ ।