Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesविकलाङ्ग छात्रवृत्ति सुजन कामीलाई प्रदान गरिने

विकलाङ्ग छात्रवृत्ति सुजन कामीलाई प्रदान गरिने

शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ सिन्धुलीको गोलन्जोरमा जन्मिई हाल काभ्रेपलान्चोक जिल्लाको नालामा बसोवास गरेर चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विकलाङ्ग छात्र सुजन कामीलाई प्रदान गर्ने भएको छ । शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनले उक्त छात्रवृत्तिको व्यवस्था गरेको हो । त्यसका लागि भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ८ दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको नाउँमा शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ ।