Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

हरिहर विरहीमा आमसञ्चार सम्मान समर्पण

अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
HomeActivitiesलोकेन्द्र ढकाललाई शिक्षक सम्मान समर्पण गरिने

लोकेन्द्र ढकाललाई शिक्षक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ शिक्षासेवी लोकेन्द्र ढकाल (तेह्रथुम) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । आफूले अध्यापन गरेका र प्राचार्य भई नेतृत्व गरेका शिक्षण संस्थाहरूको सुसञ्चालन, स्तरोन्नति, शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माण जस्ता विभिन्न कार्यहरूका लागि आफूलाई सक्रिय बनाएर उहाँले शिक्षालय र शिक्षार्थीहरूको सेवामा आफ्नो सम्पूर्ण क्षमता समर्पण गर्नुभएको छ । उहाँजस्ता शिक्षासेवीमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा लोकेन्द्र ढकालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।