Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesप्रतिभा सुवेदीलाई सामाजिक जागरण सम्मान समर्पण गरिने

प्रतिभा सुवेदीलाई सामाजिक जागरण सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ समाजसेवी प्रतिभा सुवेदी (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले जनस्तरीय संस्थाहरूको गठन र सञ्चालन, प्रशिक्षण, लेखन र प्रकाशन जस्ता विभिन्न विधाहरूबाट निरन्तर सामाजिक अभियान सञ्चालन गरेर नारी चेतना, जागरण, उत्थान र सबलीकरणका लागि लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँजस्ती सक्रिय सामाजिक अभियन्तामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलाञ्चोक जिल्लाका प्रसिद्ध समाजसुधारक हंसराज श्रेष्ठको स्मृतिमा आनन्दराज श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रतिभा सुवेदीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।