उक्त समारोहमा प्रमुख अतिथि तुलसी दिवसले शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित नेपालभूमि साप्ताहिकमा २०७३ फागुनदेखि २०७३ फागुनसम्म १० भन्दा बढी लेख–रचना उपलब्ध गराउने लेखक–स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गर्नुभएको थियो । त्यसको व्यवस्थापन नेपालभूमि साप्ताहिकका प्रधान सम्पादक रामचन्द्र हुमागाईंले गर्नुभएको थियो ।
स्मृतिचिह्न पाउनेहरूमा बालसाहित्यकार गोपाल पराजुली, वरिष्ठ पत्रकार प्रा. डा. गोपाल शिवाकोटी, निबन्धकार द्रोणप्रसाद श्रेष्ठ, काव्यकार कविप्रसाद प्याकु¥याल, गजलकार अनीता भण्डारी, आध्यात्मिक लेखकहरू मुकुन्दप्रसाद उपाध्याय, ओतबहादुर खड्का र उद्धवप्रसाद भट्टराई तथा कृष्णविनोद शर्मा, खोमदत्त बराल, जगन्नाथ गिरी, दामोदर घिमिरे, दीपक तिमल्सिना, पदमनाथ ढुङ्गाना, भार्गव उपाध्याय र अनुपम ढुङ्गेल आदि हुनुहुन्थ्यो ।