उक्त कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले बेलप्रसाद श्रेष्ठद्वारा लिखित ‘मी एन्ड माई धुलिखेल’ संस्मरण र विष्णुहरि तिमल्सिनाद्वारा सङ्कलित ‘शाहवंशका चर्तिकला’, पोष चापागाईंले श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘भर्तृहरि शतक’ काव्य र द्रोणप्रसाद श्रेष्ठले पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ कवितासङ्ग्रहलाई सार्वजनिक गर्नुभयो । यी पुस्तकहरूसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या एक सय पुगेको छ ।
सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा फणीन्द्रराज अधिकारीले चिनारी गराउनुभएको थियो ।