Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesयस्ता छन् दुई पुस्तक

यस्ता छन् दुई पुस्तक

— शारदाप्रसाद शर्मा

आज सार्वजनिक गरिएका दुई पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु । आज सार्वजनिक गरिएका कुृतिका कृतिकारद्वय भोजपुर जिल्लामा जन्मेका प्रतिभा हुनुहुन्छ । दुवैजनाको कृति काभ्रे जिल्लामा रहेको संस्थाबाट प्रकाशित भई काभ्रे जिल्लामै सार्वजनिक हुनु खुसीको कुरा हो ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक मीरा पौड्यालद्वारा लिखित ‘अग्निजल’ नामक कवितासङ्ग्रह हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ७४ औँ पुस्तक हो । यस पुस्तकमा १२३ वटा गद्यकविताहरू राखिएका छन् । यसमा मोहन दुवाल, डा. श्याम भट्टराई, शारदाप्रसाद शर्मा, भवानी पाण्डे र रामसुन्दर देउजाका गहकिला मन्तव्यहरू राखिएका छन् । प्रकाशन हुनुभन्दा पहिले नै अन्तर्विमर्श गरी प्रकाशनमा आएकाले यो खँदिलो कृति बनेको छ । यसमा सङ्ग्रहित कविताहरूमा व्यङ्ग्यात्मक हाँसो, अन्तर्मनको पीडा, यौनको मादकता, देशप्रतिको चित्तदुखाइ आदि मिश्रित रूपमा अग्निजलको कारकका रूपमा देखापरेका छन् । जम्मा १६८ पृष्ठको यस सङ्ग्रहको मूल्य २५० रुपियाँ राखिएको छ । मीरा पौड्यालको यो पहिलो पुस्तकका लागि उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँबाट यस्ता कृतिहरू अरू पनि जन्मिनेछन् भन्ने आशा व्यक्त गर्दछु ।
दोस्रो पुस्तक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को ‘रचनापछिका विवेचना’ होे । यो उहाँको चौथो र उहाँद्वारा सम्पादित दोस्रो कृति हो । २०७० चैत २७ गते द्रोणप्रसाद श्रेष्ठका दुई पुस्तक ‘मेरा पिता र म’ तथा ‘चण्डिप्रसाद परिक्रमा’ को सार्वजनिकीकरण प्रज्ञाभवन कमलादीमा गरिएको थियो । कार्यक्रममा पुस्तकहरूका बारेमा अतिथिहरू, सभापति र अन्य महानुभावले आ–आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । वक्ताहरूबाट प्रस्तुत मन्तव्यहरू मुभीमा कैद गरिएका थिए । मुभीमा भएका मन्तव्यहरूलाई सुमन खड्काको सहयोगमा कागजमा उतारियो, कम्प्युटर टाइप गराइयो र भाषिक शुद्धीकरण गरियो । ती मन्तव्यहरू पाठकका लागि ज्ञानवद्र्धक र नौलो खुराक हुने भएकाले पुस्तकका रूपमा प्रकाशनमा ल्याइएको हो । पुस्तकलाई दुई भागमा विभाजन गरी एक भागमा मन्तव्य र अर्को भागमा समारोहमा खिचिएका फोटाहरू समावेश गरिएको छ । जम्मा ८८ पृष्ठको यस पुस्तकको मूल्य १५०।– रुपियाँ राखिएको छ । यस्तो नौलो प्रस्तुतिका लागि सम्पादकज्यूलाई हार्दिक बधाई छ ।
आज सार्वजनिक गरिएका यी दुवै पुस्तकले आ–आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु । (परिचयात्मक मन्तव्यबाट)