शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा ‘म को हुँ ? (अद्भुत आध्यात्मिक अनुभूति)’ नामक पुस्तकलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको २२४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित यस पुस्तकका लेखक दीपरत्न शाक्य (प्रेम आनन्द) हुनुहुन्छ । पुस्तकलाई अग्रज लेखिकाद्वय सावित्री जङ्गम थापा र हिरण्यकुमारी पाठकले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।