शब्दयात्रा प्रकाशनले २०८० सालको समालोचना सम्मान काठमाडौँ जन्मस्थल भएकी राष्ट्रिय प्रतिभा समालोचक प्रा. डा. सुषमा आचार्यमा समर्पण गर्ने भएको छ । समालोचनासँग सम्बन्धित उहाँका ‘लैनसिंह बाङ्देलका औपन्यासिक कृतिको मूल्याङ्कन’, ‘नेपाली कविताको विकास वीरकालबाट भक्तिकालतिर’, ‘केही व्यक्ति र कृतिहरू’ जस्ता कृतिहरू प्रकाशित छन् । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा समालोचक प्रा. डा. सुषमा आचार्यप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ । यस सम्मानको कोष व्यवस्थापन काठमाडौँका प्रतिभा विश्वरेकर्ड कायम गर्न सफल नेपाली गीतकार, छायाछविकार तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।