अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको उपस्थितिमा बसेको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष सञ्चालन उपसमिति’ को बैठकले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैललाई सदस्य मनोनयन गरेको छ । उपसमितिका संयोजक भावना थापाको अध्यक्षतामा बसेको बैठकले उहाँहरूलाई सदस्यमा मनोनयन गरेपछि उपसमिति पाँच सदस्यीय बनेको छ । यसअघि सदस्यमा प्रदीप केसी र निर्मला श्रेष्ठ मात्र सदस्य हुनुहुन्थ्यो । सावित्री जङ्गम थापाका विषयमा अनुसन्धान गराउन, विद्वतवृत्तिको व्यवस्था गर्न तथा उहाँका कृतिहरू र उहाँका विषयमा गरिएका अनुसन्धानहरूको प्रकाशन तथा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन शब्दयात्रा प्रकाशनले उक्त उपसमितिको गठन गरेको थियो । उपसमितिको निर्देशिकामा भएको व्यवस्था अनुसार उपसिमितिको बैठकले दुईजना सदस्य थपेको हो । सदस्यमा मनोनीत हुनुभएकोमा कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैललाई हार्दिक बधाई छ ।