शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना भुवन भोछिभोया हुनुहुन्छ । उहाँ फोटो पत्रकार हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिले उहाँलाई कदरपत्र समर्पण गर्ने निर्णय गरेको हो । कदरपत्रको व्यवस्थापन विश्वकीर्तिमान कायम गर्नुभएका अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्ने गर्नुभएको छ । कदरपत्र प्राप्त गर्न लाग्नुभएकोमा फोटो पत्रकार भुवन भोछिभोयामा शब्दयात्रा प्रकाशन परिवार अग्रिम बधाई ज्ञापन गर्दछ ।