Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesसुनीता सापकोटालाई कदर गरिने

सुनीता सापकोटालाई कदर गरिने

शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना सुनीता सापकोटा हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घ काभ्रेका उपाध्यक्ष तथा बिहानी एक्सप्रेस डटकम नामक अनलाइन पत्रिका र सञ्चारिका समूहसँग आबद्ध पत्रकार हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिले उहाँलाई कदरपत्र समर्पण गर्ने निर्णय गरेको हो । कदरपत्रको व्यवस्थापन विश्वकीर्तिमान कायम गर्नुभएका अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्ने गर्नुभएको छ । कदरपत्र प्राप्त गर्न लाग्नुभएकोमा पत्रकार सुनीता सापकोटामा शब्दयात्रा प्रकाशन परिवार अग्रिम बधाई ज्ञापन गर्दछ ।