Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसुनीता सापकोटालाई कदर गरिने

सुनीता सापकोटालाई कदर गरिने

शब्दयात्रा प्रकाशनले हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका तीनजना पत्रकारलाई कदरपत्र समर्पण गर्ने गरेको छ । २०८० सालको कदरपत्र यही मङ्सिर महिनामा समर्पण गरिने भएको छ । कदर गरिने तीनजना पत्रकारमध्ये एकजना सुनीता सापकोटा हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घ काभ्रेका उपाध्यक्ष तथा बिहानी एक्सप्रेस डटकम नामक अनलाइन पत्रिका र सञ्चारिका समूहसँग आबद्ध पत्रकार हुनुहुन्छ । सकुल थापा संयोजक तथा प्रदीप केसी बन्जारा र अमृत अधिकारी सदस्य रहेको चयन समितिले उहाँलाई कदरपत्र समर्पण गर्ने निर्णय गरेको हो । कदरपत्रको व्यवस्थापन विश्वकीर्तिमान कायम गर्नुभएका अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्ने गर्नुभएको छ । कदरपत्र प्राप्त गर्न लाग्नुभएकोमा पत्रकार सुनीता सापकोटामा शब्दयात्रा प्रकाशन परिवार अग्रिम बधाई ज्ञापन गर्दछ ।