Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesबालसाहित्य पुरस्कार पनि समर्पण गरिने

बालसाहित्य पुरस्कार पनि समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालदेखि बालसाहित्य पुरस्कार पनि समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ रहनेछ । पुरस्कारको अक्षयकोषका लागि हिजो अर्थात् २०८२ साल फागुन ९ गते सम्झौता गरिएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र कोष व्यवस्थापकका रूपमा बालसाहित्यकार गोपाल पराजुलीकी धर्मपत्नी माधवी पराजुलीले हस्ताक्षर गर्नुभएको छ । पुरस्कारको अक्षयकोषका लागि माधवी पराजुलीले शब्दयात्रा प्रकाशनलाई बैङ्कको चेक उपलब्ध गराउनुभएको छ । यो पुरस्कारसमेत शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने पुरस्कारको सङ्ख्या १९ पुगेको छ ।