Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...
HomeActivitiesबनेपामा चारजनाको सालिक राखिने

बनेपामा चारजनाको सालिक राखिने

शब्दयात्रा प्रकाशनले बनेपाको आफ्नै जग्गा कृष्ण–गीता परिसरमा नेपालको वाङ्मयिक क्षेत्रका चारजना अग्रज व्यक्तित्वको अर्धकदको सालिक स्थापना गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि स्वराङ्कन गरेकी प्रथम गायिका मेलवादेवी गुरुङ र निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सालिक स्थापना गर्ने निर्णय गरेको हो ।
नेपालका अग्रज शब्दसाधकहरूका रूपमा सुपरिचित त्यस्ता सर्वमान्य व्यक्तित्वहरूको सालिकका साथमा सम्बन्धित शब्दसाधकको सङ्क्षिप्त जीवनी र योगदानको विवरणका साथै आर्थिक सहयोग गर्ने दाताहरूको नाउँ रहेको शिलापत्र राख्ने पनि निर्णय पनि बैठकले गरेको छ ।
यसबाट भाषा–साहित्य, पत्रकारिता–आमसञ्चार, गीत–सङ्गीत र शिक्षा–शिक्षण क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूका लागि काभ्रे जिल्ला आकर्षक पर्यटकीय गन्तव्य बन्ने कुरामा शब्दयात्रा प्रकाशन विश्वस्त बनेको छ ।
काभ्रे जिल्लाकै गौरवका रूपमा रहने यो ऐतिहासिक कार्य सफल पार्नका लागि आ–आफ्ना तर्फबाट आवश्यक सहयोग गरिदिन भाषा–साहित्य, पत्रकारिता–आमसञ्चार, गीत–सङ्गीत र शिक्षा–शिक्षण क्षेत्रलाई माया र सम्मान गर्ने सम्पूर्ण महानुभावहरूलाई शब्दयात्रा प्रकाशनले विनम्र आग्रह गरेको छ ।