Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesफोटो पत्रकारलाई पनि कदर गरिने

फोटो पत्रकारलाई पनि कदर गरिने

शब्दयात्रा प्रकाशनले २०७९ सालदेखि काभ्रेपलान्चोक जिल्लाका फोटो पत्रकारलाई पनि कदर गर्ने भएको छ । यसको जानकारी शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको हो । अहिलेसम्म हरेक वर्ष शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय सञ्चारकर्मी दुईजनालाई कदरपत्र प्रदान गर्दै आएकोमा २०७९ सालदेखि एकजना फोटो पत्रकारसमेत थप गरेर हरेक वर्ष ३ जना पत्रकारलाई कदरपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभएको थियो । काभ्रेपलान्चोक जिल्लाका फोटो पत्रकारका लागि व्यवस्था गरिएको फोटो पत्रकारिता कदरपत्रको आर्थिक व्यवस्थापन अग्रज फोटो पत्रकार तथा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगापाल प्रधानले गर्ने हुनुभएको हो ।