विदुर विष्टको आर्थिक व्यवस्थापनमा संस्थापित राधा विष्ट केसी प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति शब्दयात्रा प्रकाशनले यही वर्षदेखि समर्पण गर्ने भएको छ । यो विद्वतवृत्ति काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको कुनै पनि विषयमा अनुसन्धानात्मक सामग्री तयार गर्ने अनुसन्धातालाई समर्पण गरिनेछ । विद्वतवृत्तिका लागि उहाँले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राखिदिनुभएको छ । यस वर्षको विद्वतवृत्तिका लागि विदुर विष्टले थप १० हजार रुपियाँ पनि उपलब्ध गराउनुभएको छ ।