Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivities‘द म्यान बिहाइन्ड धुलिखेल’ सार्वजनिक

‘द म्यान बिहाइन्ड धुलिखेल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गरेको ९५ औँ पुस्तक ‘द म्यान बिहाइन्ड धुलिखेल’ यही २०७८ साल असार ३० गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा धुलिखेलस्थित होटल हिमालयन होराइजनमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । उक्त पुस्तक धुलिखेलका अग्रज समाजसेवी, समुन्नत धुलिखेलका लागि समग्र पूर्वाधारको विकास गराउने स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ताका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठका विषयमा तयार पारिएको थियो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको प्रमुख आतिथ्य, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको सभापतित्व, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ र उपप्रमुख विमला शर्मा तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको आतिथ्य रहेको उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. पन्ना थापाले उक्त पुस्तकमाथि समालोचना गर्नुभएको थियो । उक्त पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ५४ औँ कृति हो ।
‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले सञ्चालन र महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत भाषण गरी मैले पुस्तकको परिचय दिएको उक्त कार्यक्रममा अनुवादकद्वय डा. भास्कर हुमागाई र इ. रोशन अधिकारीलाई होटल हिमालयन होराइजनका तर्फबाट आभारपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, लेखकहरू डा. इन्दुल केसी, डा. हेमराज काफ्ले, उद्धवप्रसाद नेपाल, निर्मला श्रेष्ठ, रमेश अधिकारी, पूर्णबहादुर कर्माचार्य, पुण्यवती घले, चूडाप्रसाद चौलागाई, केदारनाथ तिमल्सिना तथा रामप्रसाद अधिकारी, प्रह्लाद प्याकुरेल, अमृत अधिकारी, सिद्धिबहादुर कर्माचार्य, अम्बिका थापा, प्रकृति प्याकुरेल, सङ्गीता केसी, दीपक तिमल्सिना, वेदप्रसाद कोजू, अनमोल माकजू, चुनियालाल श्रेष्ठ आदिको सहभागिता रहेको थियो ।