Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesपुरस्कार समर्पण समारोह सम्पन्न

पुरस्कार समर्पण समारोह सम्पन्न

शब्दयात्रा प्रकाशनले २०८० सालको पहिलो चरणका पुरस्कारहरू समर्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार ज्ञान उदास र विशेष अतिथि आख्यानकार भरत जङ्गम हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन आजीवन सदस्य शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा शीतल गिरी, विवश वस्ती, कल्पना खरेल, भवानी पाण्डे, रमा कोइराला ‘रोहिणी’ र ईश्वर शर्मालाई पुरस्कृत गरिएको थियो भने डा. शालिग्राम शर्माद्वारा लिखित पुस्तक ‘पहिलो अस्पताल’ सार्वजनिक गरिएको थियो । ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ का संयोजक गीतिभास्कर मच्छेश्वर सापकोटाले पुरस्कृत व्यक्तित्वको विशेषताका बारेमा जानकारी गराउनुभएको थियो भने पुरस्कारका अभिवन्दनापत्रहरू कवि पदम दाहालले वाचन गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूलाई माला भरत जङ्गमले, उपहार मच्छेश्वर सापकोटाले, रकम रामप्रसाद अधिकारी, इ. रोशन अधिकारी, जयनारायण नेपाल, मनिका शर्मा कोइराला र डा. शालिग्राम शर्माले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले र अभिवन्दनापत्र ज्ञान उदासले समर्पण गर्नुभएको थियो ।
प्रा. केदारनाथ श्रेष्ठले कार्यक्रमको समुद्घाटन, अमृत अधिकारीले अतिथि, पुरस्कृत व्यक्तित्व र कृतिकारलाई रुद्राक्षमाला अर्पण, इ. रोशन अधिकारीबाट कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, शारदा घिमिरे भैलबाट प्रमुख अतिथिलाई र दामोदर घिमिरेबाट चयन समितिका सदस्यहरूलाई उपहार समर्पण, जयराम श्रेष्ठबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गरिएको उक्त कार्यक्रममा कृष्णमणि कुइकेलले स्वागत भाषण तथा हरिगोपाल प्रधान र सङ्गीता केसीले सामग्री व्यवस्थापन गर्नुभएको थियो । सहदीप पलान्चोकेले उपस्थिति गराउनुभएको उक्त कार्यक्रममा जीवनचन्द्र कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो । सार्वजनिक गरिएको पुस्तक पदम ढुङ्गानाले कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क वितरण गर्नुभएको थियो ।