Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपहिलो बाछिटासङ्ग्रह ‘त्रिरत्न’ सार्वजनिक

पहिलो बाछिटासङ्ग्रह ‘त्रिरत्न’ सार्वजनिक

‘त्रिरत्न’ नाउँबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहका रूपमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७७ साल मङ्सिर १३ गते शनिबार भएको विशेष कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो । ‘त्रिरत्न’ शब्दयात्रा प्रकाशित १ सय ४८ औँ पुस्तक हो ।
विष्णु भट्टराई विभु, केशव बैरागी माइँलो र अम्बिका धितालद्वारा लिखित बाछिटा विधाका कविताहरूको सङ्ग्रह ‘त्रिरत्न’ मा १ हजार १ बाछिटाहरू सङ्कलित छन् ।
बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपबाट नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले ‘त्रिरत्न’ लाई सार्वजनिक गर्नुभएको हो । कार्यक्रमका अतिथि ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला र कवयित्री भारती न्यौपाने दाहाल हुनुहुन्थ्यो । गीता अधिकारी, सङ्गीता केसी र सहदीप पलान्चोकेले अन्य भूमिका निर्वाह गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुस्तकका सम्पादक उपप्राध्यापक शेषनाथ पौडेलले बाछिटा विधा र पहिलो बाछिटासङ्ग्रहका रूपमा प्रकाशित ‘त्रिरत्न’ कवितासङ्ग्रहका बारेमा बोल्नुभएको थियो भने कृतिकारद्वय विष्णु भट्टराई विभु र अम्बिका धितालले मन्तव्यसहित केही बाछिटाहरू वाचन गर्नुभएको थियो । अर्का सर्जक केशव बैरागी माइँलो अमेरिकामा हुनुभएकाले उपस्थित हुन सक्नुभएको थिएन ।
पुण्यवती घलेद्वारा सञ्चालित उक्त कार्यक्रममा पं. रमेश अधिकारीले स्वस्तिवाचन, महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत मन्तव्य र कार्यक्रमको मूल्याङ्कनसहित सभाविसर्जन लेखिका निर्मला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो र त्यसको प्रबन्ध सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले मिलाउनुभएको थियो ।