भानुजयन्तीको सन्दर्भ पारी शब्दयात्रा नारी स्रष्टा समाजले आगामी असार ३० गते शुक्रबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा ‘भानुसाहित्यमा नारीको स्थान’ विषयक विमर्श कार्यक्रम र नारी स्रष्टाहरूको रचना वाचन गर्ने कार्यक्रम राखेको हुँदा आआफ्ना कवितासहित उपस्थितिका लागि नारी स्रष्टाहरूलाई अनुरोध छ ।

संयोजक पुण्यवती घले, तथा
शब्दयात्रा नारी स्रष्टा समाज परिवार
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे